पाकिस्तानसामु भारतको ३५७ रनको विशाल लक्ष्य


काठमाण्डु- एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको खेलमा भारतले पाकिस्तानलाई ३५७ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको जिम्मा पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३५६ रन बनाएको हो । विराट कोहली र केएल राहुलको सतकमा भारतले ३५६ बनाउन सफल भएको छ ।

कोहलीले ९४ बलमा ३ छक्का र ९ चौका प्रहार गरे । कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४७औं शतक बनाएका छन् । उनले १३ हजार रन पनि पूरा गरेका छन् । यस्तै राहुलले १०६ बलमा २ छक्का र १२ चौका हिर्काए ।

यसअघि आइतबारको खेलमा कप्तान रोहित शर्मा र शुभमन गिलले शतकीय साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुवात गरेका थिए । भारतले पाकिस्तानविरुद्ध एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै धेरै रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement