पाकिस्तानलाई हराउदै श्रीलंका फाइनलमा, उपाधीको लागि भारतसँग भिड्ने


काठमाण्डु- एसिया कप क्रिकेट अन्तर्गत श्रीलंका फाइनलमा पुगेको छ । बिहीबार राती श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भएको खेलमा पाकिस्तानलाई हराउदैँ श्रीलंका फाइनलमा पुगेको हो । वर्षाका कारण खेल ४२ ओभरमा छोट्याईएको थियाे ।

पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पुरा गर्यो । श्रीलंकाका लागि कुसल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्काको सहयोगमा ९१ रन बनाए । सदिरा समराविक्रमाले ५१ बलमा ४ चौकाको सहयोगमा ४८ रन बनाए ।

मेन्डिस र सदिराले तेस्रो विकेटका लागि ९८ बलमा १ सय रनको महत्वपुर्ण साझेदारी गरेका थिए । चरिथ असलंका ४७ बलमा ३ छक्का र १ चौकाको सहयोगमा ४९ रनमा अविजित रहे ।

पाकिस्तानका लागि ईफ्तिखार अहमदले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २ सय ५२ रन बनाएको हो ।

डकवर्थ लुईस पद्दती अनुसार श्रीलंकाले २ सय ९२ रनकै लक्ष्य पाएको थियो । पाकिस्तानका लागि मोहम्मद रिजवान र अब्दुल्लाह शफिकले अर्धशतकीय ईनिङ खेले ।

मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र २ छक्काको सहयोगमा अविजित ८६ रन बनाए । शफिकले ६९ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए ।

ईफ्तिखार अहमदले ४० बलमा ४ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए । कप्तान बाबर अजामले ३५ बलमा २९ रन बनाए । श्रीलंकाका लागि मथिसा पथिरानाले ३ तथा प्रमोद मधुशनले २ विकेट लिए । साबिकको विजेता श्रीलंकाले आईतबार भारतसॅंग उपाधीको लागि खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement