एसीसी यू–१९ प्रिमियर कप : नेपालले पहिलो खेल इरानसँग खेल्ने


काठमाण्डु – एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

आगामी महिना मलेसियामा हुने प्रतियोगिगतामा नेपालले पहिलो खेल इरानसँग खेल्ने भएको छ ।

प्रतियोगितामा सहभागी १६ टीमलाई ४ समूहमा विभाजन गरिएको छ । नेपालले समूह ‘ए’मा इरान, बहराइन र साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । हरेक समूहका शीर्ष ४ टीम सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगिताका शीर्ष ३ टोलीले डिसेम्बरमा हुने यू–१९ एसिया कप खेल्ने मौका पाउनेछन् । प्रतियोगिताको फाइनल खेल कात्तिक ७ गते हुने जनाइएको छ ।

खेल तालिकाअनुसार नेपालले असोज २५ गते इरानसँग, असोज २८ गते बहराइनसँग, कात्र्तिक २ गते साउदी अरेबियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement