माल्दिभ्सलाई हराउदैँ नेपाल क्वाटरफाइनलमा पुग्यो


काठमाण्डु- चीनमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको जारी खेलमा नेपालले दोस्रो जित निकालेको छ ।

आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको हो । नेपालले दिएको २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले १९.४ ओभरमा १० विकेट गुमाउँदै ७४ रन मात्रै बनाउन सक्यो । जितसँगै नेपाल क्वाटरफाइनलमा पुगेको छ ।

माल्दिभ्सका लागि मुआवियाथ घनीले ३६ रन, रसिद रासमले १२ रन र फरीद शिउसले १० रन बनाए । अन्यले दोहोरो रन जोड्न सकेनन् । नेपालका लागि अविनाश बोहराले ६ विकेट लिए । सोमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन जोडेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ५२, गुल्सन झाले ३५ , कुशल मल्लले ४७ र कुशल भुर्तेलले ३५ रन बनाएको खेलमा माल्दिभ्सले फराकिलो चुनौती पाएको हो ।

नेपालले पहिलो खेलमा मंगोलियालाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement