विश्वकप क्रिकेट: भारतसँग पाकिस्तान ७ विकेटले पराजित


काठमाण्डु- एकदिवसीय विश्वकपमा भारतले पाकिस्तानमाथि शानदार जीत हासिल गरेको छ । शनिबार अहमदाबादमा भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेकाे हाे। पाकिस्तानले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य भारतले ११७ बल बाँकी छँदै पछ्यायो ।

भारतको जीतमा कप्तान रोहित शार्माले सर्वाधिक ८६ रनको योगदान दिए । उनले ६३ बलमा ६ चौका र ६ छक्का हिर्काए । त्यस्तै श्रेयस ऐयरले नटआउट रहँदै ५३ रनको योगदान दिए । केएल राहुलले १९ तथा शुभमन गिल र विराट कोहलीले १६-१६ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४२।५ ओभरमा सबै विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । भारतले यसअघिका सातवटा विश्वकपमा पाकिस्तानलाई हराएको थियो । आजको जीतसँगै भारतले यो संख्या ८ पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement