त्रिकोणात्मक क्रिकेट शृंखला : यूएईलाई ७ विकेटले हराउँदै नेपालको जीत


काठमाण्डु – त्रिकोणात्मक क्रिकेट शृंखलाअन्तर्गत बुधबार भएको खेलमा यूएईलाई ७ विकेटले हराउँदै नेपालले जितेको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । नेपालको जीतका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतकीय योगदान गरे ।

कूल ५१ रन बनाउँदा ३ विकेट गुमाएको नेपालका लागि कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले अविजित १२९ रनको साझेदारी खेले । पौडेल ५१ र ऐरी ३४ रन बनाएर अविजित रहेका छन् ।

टस हारेर ब्याटिङ गरेको यूएईले वसिल हमिदको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement