हङकङलाई ७९ रनले पराजित गर्दै नेपाल टी–२० शृंखलाको फाइनलमा


काठमाण्डु – टी–२० त्रिकोणात्मक क्रिकेट शृंखलाअन्तर्गत शनिबार भएको खेलमा हङकङलाई ७९ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

शृंखलामा लगातार तेस्रो जीत निकाल्दै नेपालले फाइनल यात्रा तय गरेको हो ।

राजधानीको मूलपानी क्रिकेट मैदानमा भएको खेलमा २१४ रनको चुनौती लिएर मैदानमा उत्रिएको हङकङले ८ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो । एन्सी राथले सर्वाधिक ४५ रन बनाएको प्रतियोगितालाई सस्तैमा समेट्ने क्रममा करण केसी, सोमपाल कामी र ललित राजवंशीले समान २/२ विकेट लिए भने दिपेन्द्रसिंह ऐरी र डेब्यु खेलाडी प्रतिश जिसीले १/१ विकेट लिए ।

सुरूआती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले ९२ र दिपेन्द्रसिंह ऐरीले ५७ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

शृंखलाको पहिलो खेलमा यूएई र त्यसपछिका २ खेलमा हङकङलाई हराउँदै नेपाल अन्तिम खेलमा यूएईसँग खेल्नुअघि नै फाइनलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement