यू–१९ प्रिमियर कप : नेपाल र यूएईबीचको फाइनल खेल वर्षाले प्रभावित


काठमाण्डु – मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा जारी यू–१९ प्रिमियर कपको फाइनल खेल वर्षाका कारण प्रभावित भएको छ ।

नेपाल र यूएईबीचको फाइनल खेल वर्षाले प्रभावित भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतक मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको छ ।

जीतका लागि २८१ रनको लक्ष्य पछ्याउँदै यूएईले जवाफी ब्याटिङ गर्दा वर्षा भएको छ । यूएईको इनिङ्स्को २ ओभर नसकिँदै वर्षा भएपछि खेल प्रभावित भयो तर वर्षा रोकिएपछि केहीबेरमा पुनः खेल सुरु भएको थियो तर ११ ओभर सकिँदा खेल फेरि प्रभावित भएको छ ।

खेल प्रभावित हुँदाको अवस्थामा यूएईले ११ ओभरमा २ विकेट गुमाएर ५० रन बनाएको छ । कप्तान आएन अफ्जल खान र ध्रुव परशर क्रिजमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement