एसीसी यू–१९ प्रिमियर कप : नेपालले झार्‍यो यूएईको तेस्रो विकेट


काठमाण्डु – एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले यूएईको तेस्रो विकेट झारेको छ ।

यूएईविरुद्ध बलिङ गरेका नेपाली बलर आकाश त्रिपाठीले विकेट झारेका हुन् । उनको बलमा यूएईका कप्तान आयान अफजल खानलाई ३० रनमा आउट भएका छन् ।

नेपाललाई पहिलो सफलता हेमन्त धामीले दिलाउँदा तनिश सुरी १ रनमा आउट भएका थिए । यूएईको दोस्रो विकेट लिँदै सुवास भण्डारीले ओपनर आर्यंश शर्मालाई ३२ रनमा आउट गरेका थिए ।

वर्षाले अवरुद्ध भएको खेल सुचारू हुँदा डीएल मेथड अनुसार यूएईले जीतका लागि २७ ओेभरमा १९८ रन बनाउनुपर्ने निर्धारण भएको छ । नेपालले पहिलो ब्याटिङ गर्दै २८० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको यूएईले ५२ रनमा २ विकेट गुमाएको अवस्थामा खेल वर्षाले अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement