त्रिकोणात्मक टी–२० क्रिकेट : हङकङद्वारा यूएईसामु २१३ रनको लक्ष्य प्रस्तुत


काठमाण्डु – त्रिकोणात्मक टी–२० क्रिकेटअन्तर्गत हङकङले यूएईसामु २१३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार मुलपानीमा टस जितेर ब्याटिङ गरेको हङकङले निर्धारित ओभरको खेलमा ३ विकेटको क्षतिमा २१२ रन बनाएको छ ।

हङकङका लागि मार्टिन कोइट्जीले सर्वाधिक ८६ रन बनाएका छन् । उनले ५५ बलमा १० चौका र ४ छक्का प्रहार गरे ।

बाबर ह्यात ६० रनमा अविजित रहे । उनले २० बलमै ५ चौका र ५ छक्का प्रहार गरेका छन् ।

अन्सी राथले ४१, कप्तान निजाकत खानले ९, यसिम मुर्ताजले ३ रन बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement