त्रिकोणात्मक टी-२० क्रिकेट : आज हङकङले जित्यो तर फाइनलमा यूएई र नेपाल भिड्ने


काठमाण्डु – त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको फाइनलमा यूएई र नेपाल भिड्ने भएका छन् ।

आज बुधबार भएको लिगको अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भए पनि नेट रनरेटका आधारमा यूएईले फाइनलमा स्थान सुरक्षित गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा हङकङले जीतका लागि दिएको २१३ रनको विशाल लक्ष्य पछ्याएको यूएई निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४३ रनमा समेटिएको छ ।

आजको खेलअघि यूएईको रनरेट ०.००५ थियो भने हङकङको रनरेट माइनस २.६८८ थियो । रनरेट कमजोर भएकाले फाइनल प्रवेशका लागि आज हङकङलाई यूएईविरुद्ध फराकिलो जीत चाहिएको थियो ।

नेपाल चारै खेल जितेर ८ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल शुक्रबार टीयू खेल मैदानमा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement