अष्ट्रेलियाद्वारा न्युजिल्यान्डसामु ३८९ रनको विशाल लक्ष्य


काठमाण्डु – एक दिवसीय क्रिकेट विश्वकपको जारी खेलमा न्युजिल्यान्डविरुद्ध अष्ट्रेलियाले ४९.२ ओभरमा ‘अलआउट’ हुँदै विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

‘अलआउट’ हुनुअघि अष्ट्रेलियाले ३८८ रन बनाएको छ । अब न्युजिल्यान्डले जीतका लागि ३८९ रनको विशाल लक्ष्य पाएको छ ।

अष्ट्रेलियाका लागि ट्राभिस हेडले १०९ रन बनाए भने डेभिड वार्नरले ८१ रन जोड्दै न्युजिल्यान्डविरुद्ध उत्कृष्ट सुरुआत गरेका छन् ।

मिचेल मार्सले ३६, स्टिभन स्मिथले १८, मार्नस लाबुसान्गेले १८, ग्लिन म्याक्सवेलले ४१, जोस इङ्लिसले ३८, प्याट कमिन्सले ३७ रन, मिचेल स्टार्कले १ रन बनाए । एडन जाम्पा ० रनमा आउन भए भने जोश हजेलउड ० रनमा नटआउट रहे । अष्ट्रेलियाले ९ रन अतिरिक्त पाएको छ ।

बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र ग्लिन फिलिप्सले समान ३/३ विकेट लिए भने मिचेल सान्टनरले २, म्याट हेनरी र जेम्स नीसमले १/१ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement