गुल्सन झाको बिस्फोटक ब्याटिङ, नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य


काठमाण्डु- टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले ओमानलाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको हो ।

नेपालका लागि गुल्सन झाले बिस्फोटक ब्याटिङ गर्दै ५४ रनको योगदान गरे । उनले २० बलमा ४ छक्का र ५ चौका प्रहार गरेका हुन् । त्यस्तै कप्तान रोहित पौडेलले अविजित ५२ रन बनाएका थिए । उनले ३७ बलमा दुई छक्का र पाँच चौका हिर्काए ।

त्यसअघि उनले केवल ३६ बलमा अर्धसतक पुरा गरेका हुन् । ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले पनि ३१ रनको योगदान गरे । तेस्रो नम्बरका ब्याट्सम्यान सन्दीप जोराले टोलीको खातामा १० रन थपे ।

करण केसीले अविजित २० रन जोडे । उनले ६ बलमा दुई छक्का र एक चौका हिर्काए । ओमानका बलर बिलाल खानले तीन विकेट लिए । अकिब इलियसले पनि दुई विकेट हात पारे । जिसन मक्सुदले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement