मनमोहन स्मृति कप : सुदूरपश्चिमको टोली घोषणा


काठमाडौं – मनमोहन स्मृति (एमएम) कपको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा खेल्न जाने सुदूरपश्चिम प्रदेशको टालीको टुङ्गो लागेको छ । सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय सुदूरपश्चिम प्रदेश टिमको टुङ्गो लागेको हो ।

कप्तान भट्टसँगै विनोद लामा उपकप्तान, लोकेश बम (विकेटकिपर), खड्क बोहरा, अरुण ऐरी, आकाश चन्द, शेर मल्ल, दीपक बोहरा, किरणकुमार ठगुन्ना, गजेन्द्र बोहरा, सुशील खड्का, विकास आग्री, विक्रम ठगुन्ना र महेश अधिकारी रहेका छन् । यस्तै वैकल्पिक खेलाडीमा वीरेन्द्र नाथ, भोजराज भट्ट, अमन पन्थी र नरेश बोहरा रहेको नेपाल क्रिकेट सङ्घ सुदूरपश्चिम प्रदेश सचिव तेजप्रकाश भट्टले जानकारी दिए ।

यसैबीच एमएम कप खेल्न जाने सुदूरपश्चिमको टोलीमा वैकल्पिकसहित बैतडीका चार खेलाडी परेका छन् । खड्क बोहरा, दीपक बोहरा र गजेन्द्र बोहरा अन्तिम १४ मा परेका छन् भने वीरेन्द्रनाथ वैकल्पिक खेलाडीका रुपमा टिममा परेका हुन् ।

अगामी पुस १५ गतेदखि सुनसरीको इनरुवामा सञ्चालन हुने प्रतियोगितामा तीन विभागीय टोली (नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल), आयोजक, मलेसियाको राष्ट्रिय टोली र सातै प्रदेशका गरी १२ टोली सहभागी हुने भएका छन् । प्रतियोगिताको विजेताले रु चार लाख पाँच हजार र उपविजेताले रु दुई लाख पाँच हजार पुरस्कार पाउनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement