अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाले खेलिरहेको सेमिफाइनल खेल वर्षाले प्रभावित


काठमाण्डु – आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अष्ट्रेलिया र दक्षिण अफ्रिका बीचको सेमिफाइनल खेल वर्षाले प्रभावित भएको छ ।

भारतको कोलकत्तास्थित इडेन गार्डेन मैदानमा जारी खेल १४ ओभरमा वर्षाका कारण प्रभावित भएको छ ।

खेल हुँदासम्म दक्षिण अफ्रिकाले ४ विकेट गुमाएर ४४ रन जोडेको छ । अष्ट्रेलियाका लागि मिचेल स्टार्क र जोस हेजाल्वुडले २–२ विकेट लिएका छन् ।

दक्षिण अफ्रिकाका हेनरिक क्लासिन र डेभिड मिलर १०–१० रन बनाएर खेलिरहेका छन् । वर्षाका कारण सम्पन्न हुन नसकेमा जारी खेल रिजर्भ डेमा धकेलिने जनाइएको छ ।

सेमिफाइनल खेलका विजेताले फाइनलमा भारतको सामना गर्नेछ । भारत सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गरेर फाइनलमा पुगेको छ । फाइनल खेल आइतबार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement