वर्षा रोकिएपछि अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाको खेल सुरु


काठमाण्डु – वर्षाले रोकिएको अस्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिकाको आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलको दोस्रो खेल फेरि सुरु भएको छ ।

भारतको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङमा आएको दक्षिण अफ्रिकाले खेलिरहेका बेला वर्षाले खेल केहीबेर रोकिएको थियो ।

खेल सुरु भएपछि २३ ओभर सकिँदासम्म दक्षिण अफ्रिकाले ४ विकेट गुमाएर ७१ रन बनाएको छ ।

दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमा १ रन पनि नबनाई आउट भए । क्विन्टन डिकक पनि ३ रन मात्र बनाएर बाहिरिएका छन् । एडेन मार्कम १० तथा रासी भान डेर पनि ६ रनमा आउट भएका छन् ।

आजको खेलको विजेता हुने टीमले फाइनलमा भारतको सामना गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement