एक दिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा अस्ट्रेलियासामु २१२ रनको लक्ष्य


काठमाण्डु – एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९.४ ओभरमा २१२ रन बनाउँदा अल आउट भएको छ ।

खेलाडी डेभिड मिलरले शतक प्रहार गरे पनि दक्षिण अफ्रिकाको टीमले धेरै रन बनाउन सकेन । खराब सुरुवातका बाबजुत हेनरीच क्लासेनले ४७ तथा डेभिड मिलरले १०१ रनको इनिङ खेल्दा दक्षिण अफ्रिका केही सम्हालिएको थियो ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्क र प्यान कमिन्सले समान ३–३ विकेट, जोस ह्याजलवुड र ट्रेभिस हेडले समान २–२ विकेट लिएका छन् ।

सेमिफाइनलको विजेता टीमले भारतसँग फाइनल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement