आईसीसी विश्वकप फाइनल : अस्ट्रेलियाविरुद्ध भारतले ३०औं ओभरमा बनायो १५० रन


काठमाण्डु – आईसीसी विश्वकप २०२३ मा अस्ट्रेलियाविरुद्ध फाइनल खेलिरहेको भारतले ३०औं ओभरमा १५० रन बनाएको छ ।

टस जितेर अस्ट्रेलियाले बलिङ रोजेपछि मैदानमा उत्रिएको भारतले ३०औं ओभर खेल्दै ४ विकेटको क्षतिमा १५० रन बनाएको छ ।

भारतको नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका थिए ।

अपराजित रहँदै फाइनल खेलिरहेको भारत तेस्रोपटक विश्वकप उपाधि जित्न चाहन्छ । विश्वकपको सर्वाधिक सफल अस्ट्रेलिया छैटौं उपाधि जित्ने सोचमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement