उपाधि जित्न भारतले अष्ट्रेलियालाई दियो २ सय ४१ रनको लक्ष्य


काठमाण्डु- आइसिसी विश्वकप २०२३ को फाइनलमा उपाधि जित्न भारतले अष्ट्रेलियालाई २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भएको हो ।

भारतका लोकेश राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाए । विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडे ।कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । अन्य कुनैपनी ब्याटरले राम्रो गर्न सकेनन्।

अस्ट्रेलियासामु निरीह देखिएका ६ जना भारतले ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । केएल राहुलले १०७ बलमा १ चौका हान्दै ६६ रन बनाउँदा कीर्तिमानी ब्याट्सम्यान विराट कोहली ५४ रनमा आउट भएका छन् । ६३ बल खेलेका विराटले ४ चौका प्रहार गरे भने कप्तान रोहित शर्मा ३१ बलमा ३ छक्का र ४ चौकासहित ४७ रनमा आउट भए ।

शुभमन गिल ७ बल खेल्दै ४ रन बनाउँदा आउट भए । सूर्यकुमार यादव २८ बल खेल्दा १ चौकासहित १८ रनमा आउट भए । श्रेयस अय्यर ३ बलमा ४ रन बनाएर आउट हुँदा रविन्द्र जडेजाले २२ बल खेल्दै ९ रन बनाए ।

मोहम्मद सामी १० बल खेल्दै ६ रनमा आउट हुँदा ३ बल खेलेका जसप्रित १ रनमा बाहिरिए । कुलदीप यादव १० रनमा आउट हुँदा मोहम्मद सिराज ९ रनमा नटआउट रहे ।

जारी विश्वकपमा भारतका कुनै पनि ब्याट्सम्यानले शतक नहानेको यसपालि पहिलो खेल हो । अस्ट्रेलियाका मिचेल स्टाकले ३ विकेट लिए भने जोस हेजेलउड र प्याट कमिन्सले २–२ विकेट लिए । ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान १–१ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement