पाकिस्तानी टोलीको बलिङ प्रशिक्षकमा दुई पूर्वक्रिकेटर नियुक्त


एजेन्सी – विश्वकपमा खराब प्रदर्शन गरेपछि टोलीमा ठुलो परिवर्तन गरिरहेको पाकिस्तानी टोलीले प्रशिक्षकमा दुई पूर्व क्रिकेटर नियुक्त गरेको छ ।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अनुसार उमर गुल र सइद अजमल पाकिस्तानी टोलीको बलिङ प्रशिक्षक नियुक्त भएका हुन्।

पाकिस्तानी टोलीले डिसेम्बरमा अष्ट्रेलिया भ्रमण गर्नेछ । जहाँ टोलीले तीन टेस्ट र पाँच ट्वान्टी-२० खेल खेल्नुपर्नेछ। पाकिस्तानको टेस्ट टिमको कमाण्ड शान मसूदलाई सुम्पिएको छ । सोमबार मात्रै टोली घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement