पोखरामा केपी ओली कप क्रिकेट प्रतियोगिता हुने, १२ टीम सहभागी हुँदै


पोखरा – कास्की जिल्लाको पोखरामा बिहीबारदेखि केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।

आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आज मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिएको छ ।

प्रतियोगिताको उद्घाटन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । प्रतियोगितामा ७ प्रदेशका ७ टीम, विभागीय टीमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्टस् एकेडेमीका २ गरी १२ टीमको सहभागिता रहने जनाइएको छ ।

प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

आईसीसीको नियम अनुसार खेलाइने प्रतियोगितामा ७७ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement