भारतविरुद्ध नेपालको लज्जास्पद ब्याटिङ, ५२ रनमै अलआउट


काठमाण्डु- एसीसी-यू १९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा नेपालले भारतविरुद्ध नेपालले लज्जास्पद ब्याटिङ गरेको छ ।

समूह ‘ए’ अन्तर्गतको उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले भारतलाई जितका लागि केवल ५३ रनको झिनो लक्ष्य दिएको हो । नेपालले २२.१ ओभरमा अलआउट हुनुअघि ५२ रनमात्र बनाउन सक्यो ।

नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।नेपालको अन्तिम विकेटका रूपमा हेमन्त धामी आठ रन बनाउँदै आउट भए । उनको विकेट राज लिम्बानीले लिए । आकाश चन्द चार रनमा अविजित रहे ।

भारतीय टोलीका बलर राज लिम्बानी एक्लैले सात विकेट लिए । उनले ९.१ ओभरमा तीन मेडन राख्दै केवल १३ रन खर्चिएका थिए । आराध्य शुक्लाले पनि दुई विकेट हात पारे । आर्सिन अतुल कुलकर्णीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement