भारतसँग नेपालको लज्जास्पद हार


काठमाण्डु- एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा भारतले नेपाललाई १० विकेटले हराएको छ । यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा मंगलवार भएको खेलमा भारतसँग नेपाल लज्जास्पद रुपमा पराजित भएको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अलआउट हुनुअघि ५२ रनमात्र बनाउन सकेको थियो । झिनो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भारतले ७.१ ओभरमा कुनै पनि विकेट नगुमाई जित हासिल गरेको थियो ।

भारतका लागि ओपनर ब्याट्सम्यान आदर्श सिंहले अविजित १३ र आर्सिन कुलकणर्लीले अविजित ४३ रनको योगदान गरे । यसभन्दा अघि नेपालले २२.१ ओभरमा अलआउट हुनुअघि ५२ रनमात्र बनाउन सक्यो ।

नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।नेपालको अन्तिम विकेटका रूपमा हेमन्त धामी आठ रन बनाउँदै आउट भए । उनको विकेट राज लिम्बानीले लिए । आकाश चन्द चार रनमा अविजित रहे ।

भारतीय टोलीका बलर राज लिम्बानी एक्लैले सात विकेट लिए । उनले ९.१ ओभरमा तीन मेडन राख्दै केवल १३ रन खर्चिएका थिए । आराध्य शुक्लाले पनि दुई विकेट हात पारे । आर्सिन अतुल कुलकर्णीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement