यू-१९ क्रिकेट टिम स्वदेश फिर्ता


काठमाण्डु- यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ । दक्षिण अफ्रिकामा आयोजित विश्वकप खेलेर नेपाली टोली सोमबार स्वदेश फर्किएको हो ।

नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका छन् । समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भए पनि नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो ।

सुपर सिक्समा भने भारत र बंगलादेशसँग भएका दुवै खेलमा नेपाल पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement