नेदरल्यान्ड्सविरुद्ध नेपालको निराशाजनक प्रदर्शन, १७२ रनमै समेटियो

नेदरल्यान्ड्सविरुद्ध नेपालको निराशाजनक प्रदर्शन, १७२ रनमै समेटियो


काठमाण्डु- आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेदरल्यान्ड्सलाई नेपालले १७३ रनको लक्ष्य दिएको छ ।

नेदरल्यान्ड्सविरुद्धको अन्तिम खेलमा पहिले ब्याटिङ गरेको नेपालले जितका लागि १७३ रनको लक्ष्य दिएको हो । आजको खेलमा नेपाली ओपनर कुशल भुर्तेलबाहेक अरु सबैको प्रदर्शन निराशाजनक रह्यो।

ब्याटिङमा संघर्ष गरेको नेपालका लागि भुर्तेलले सर्वाधिक ६६ रन बनाए । उनले ९३ बल खेल्दै ८ चौका प्रहार गरे । यस्तै करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ तथा कप्तान रोहित पौडेलले १६ रन जोडे । ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाललाई अलआउट गर्न डचका लागि भिभियन किंगमा र आर्यन दत्तले ३-३ तथा बास डी लिडले २ विकेट लिए ।