‘ए’ ग्रेडका खेलाडीले मासिक तबल एक लाख पाउने


काठमाण्डु- नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ए’ ग्रेड मा पर्ने पुरुष खेलाडीलाई मासिक तलब एक लाख दिने निर्णय गरेको छ। यही फागुन १२ र १४ गते बसेको क्यानको केन्द्रीय कार्यसमितिको बोर्ड बैठकले पुरुषतर्फ ‘ए’ ग्रेडमा पर्ने खेलाडीलाई मासिक एक लाख रुपैयाँ तलब दिने निर्णय गरेको हो।

बैठकले पुरुषतर्फ ‘बी’ ग्रेडमा पर्ने खेलाडीलाई ७० हजार, ‘सी’ ग्रेडलाई ५५ हजार, ‘डी’ ग्रेडलाई ३५ हजार तथा इमर्जिङ समूहमा पर्नेलाई २५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ।

‘ए’ ग्रेडमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलसहित सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन्। त्यसैगरी ग्रेड ‘बी’मा कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायाण राजवंशी र अभिनाश बोहोरा छन्। ग्रेड ‘सि’मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जिसी छन्।

ग्रेड ‘डी’मा पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ छन् भने इमर्जिङ समूहमा दीपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामी छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement