वर्षाका कारण हङकङ र नेपालबीचको खेल रद्द, एक-एक अंक बाँडियाे


काठमाण्डु- त्रिकोणी टी– २० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल रद्द भएको छ ।

नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ८ ओभरमा २ विकेट गुमाउँदै ६५ रन बनाएको स्थितिमा दोस्रो पटक पानी परेपछि खेल रद्द भएको हो ।

खेल रद्द भएपछि दुबै टोलीले एक एक अंक बाडेका छन् । ८ ओभरमा हङकङले २ विकेट गुमाएर ६५ रन बनाएको छ ।नेपालका करण केसीले पहिलो बलमै हङकङका ओपनर मार्टीन कोट्जेको विकेट लिएका थिए ।

दोस्रो विकेट भने गुलसन झाले लिए । नेपाल फ्रेन्डसिप कपको एकमात्रै खेलमा हिजो हङकङसँग ७३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement