दोस्रो खेलमा आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ ४० रनले पराजित


काठमाण्डु – टी–२० शृंखलाको दोस्रो खेलमा आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ ४० रनले पराजित भएको छ ।

टीयू क्रिकेट मैदानमा भएको खेलमा २२५ रनको विजय लक्ष्य पछ्याएको नेपाल ‘ए’ले १७.५ ओभरमा अलआउट हुँदै १८४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि देव खनालले सर्वाधिक ४७ रन बनाए । लोकेश बमले २५ र कप्तान विनोद भण्डारीले २६ रन बनाए । बासिर अहमदले २७, आरिफ शेखले १४, पवन सराफले १० र कमल ऐरी ११ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर २२४ रन बनाएको थियो ।

आयरल्यान्डका लागि निल रनले सर्वाधिक ७१ रन बनाए । ३४ बलमा उनले ७ छक्का र १ चौकासहित ७१ रनमा अविजित रहे । पिटर मुरले सर्वाधिक ६५ रन बनाए भने जेम्स मोकुलमले २६, रोस अदैरले १७, गेरेथ डीलेनीले १० र फिओन ह्यान्डले १९ रन बनाए ।

नेपाल शुक्रबार भएको पहिलो खेलमा पनि २२ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement