ट्वान्टी ट्वान्टी श्रृखंलामा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता


काठमाडौं- नेपाल र नेदरल्याण्ड्स वर्षाले प्रभावित त्रिकोणात्मक ट्वान्टी ट्वान्टी श्रृखंलामा संयुक्त रुपमा विजेता बनेका छन् । लर्डस् मैदानमा आइतबार तीनै खेल प्रभावित भएको श्रृखंलामा एक एक खेल जितेका नेपाल र नेदरल्यान्ड्स संयुक्त विजेता बनेका हुन् । श्रृखंलामा अर्को टोली मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) सहभागी थियो ।

नेपाल र नेदरल्यान्ड्स दुवैले एमसीसीलाई हराएका थिए । लगातार बर्षा भएपछि सुरुवाती २ खेल ६र६ ओभरमा घटाइएको थियो । उद्घाटन खेलमा नेदरल्याण्डसले एमसीसीलाई १० रनले हराएको थियो । त्यसपछिको खेलमा नेपालले घरेलु टोलीमाथि ९ विकेटको सहज जित हासिसल गरेको थियो ।

तर, नेपाल र नेदरल्यान्ड्सबीच श्रृखंलाको अन्तिम खेल वर्षाका कारण पटक पटक रोकियो र अन्तमा रद्द गरिएको थियो । १८ ओभरमा घटाईएको खेलमा १६। ४ ओभर सकिदा भारी बर्षा भएपछि खेल रद्द गरिएको थियो ।टस जितेको नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा गरेको नेदरल्याण्ड्सले खेल रोकिनुअघि ४ विकेटको नोक्सानीमा १ सय ७४ रन बटुलेको थियो ।

अब नेपाली टोलीले नेदरल्याण्ड्ससँग दुईवटा एक दिवससिय खेल खेल्नेछ । बुधबार नेपाली टोलीका लागि महत्वपूर्ण दिन हुनेछ । त्यो नेपालको अन्तर्राष्ट्रिय डेब्यू वान डे हो । बुधबार र शुक्रबारको खेलपछि नेपाली टोलीका नियमित सदस्य शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिनेछन् । नेपालले झन्डै पाँच महिना अघि चार वर्षका लागि एक दिवसिय मान्यता पाएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement