मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य


काठमाण्डु – एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ ।

ओमानको मस्कटस्थित अमेरत क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १४३ रन बनाएको छ ।

मलेसियाको मध्यम स्कोरमा ओपनर भिरेन्द्रदिप सिंहले ५७ बलमा ७२ रनको अविजित इनिङ खेल्दा मुहम्मद अमिर अजीमले १६ रन तथा सर्भिन मुनियान्दीले ४१ रन बनाएका छन् । सायद अजिजले ६ तथा नजमुस सकिबले ३ रन बनाए ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा अभिनाश बोहराले १ विकेट लिएका थिए ।

प्रतियोगिताको समूह ‘ए’मा हङकङ, मलेसिया, नेपाल, कतार र साउदी अरेयिबा छन् भने समूह ‘बी’मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र यूएई छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement