एसीसी प्रिमियर कपमा कतारविरुद्ध मैदानमा उत्रियो नेपाल


काठमाण्डु – ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा कतारविरुद्ध नेपाल मैदानमा उत्रिएको छ ।

आजको खेलमा नेपालले पहिले ब्याटिङ सुरु गरेको छ ।

प्रिमियर कपको दोस्रो संस्करणमा नेपालले आज दोस्रो खेल खेल्दैछ । जारी प्रतियोगितामा नेपाली टोली लगातार दोस्रो जीतको खोजीमा छ ।

प्रतियोगिताको साविक विजेता नेपालले यसअघि शुक्रबार खेलिएको पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement