कतारसामु नेपालको २११ रनको लक्ष्य


काठमाण्डु – ओमानमा जारी एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारसामु २११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा कतारविरुद्ध टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१० रन बनाएको छ ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरी १८ बलमा ३ चौका र ७ छक्का प्रहार गरी ६४ रन बनाएर ‘नट आउट’ रहेका छन् ।

आशिफ शेखले ४१ बलमा ६ चौका प्रहार गरी ५२ रन बनाए भने कुशल मल्लले १८ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३५ रन जोडेका छन् ।

कप्तान रोहित पौडेलले १८ र ओपनर कुशल भूर्तेलले १२ रनको योगदान गर्दा सन्दीप जोराले ७ रन बनाएका छन् ।

बलिङतर्फ कतारका हिमांशु राथोड र मुशावर साहले ३/३ विकेट लिए भने अमिर फारूकले १ विकेट लिए ।

पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement