अन्तर्राष्ट्रिय अनुभव प्राप्त वेस्ट इन्डिज टोली काठमाडौँमा, यस्तो छ नेपालसँग खेल्ने खेलको तालिका


काठमाण्डु- वेस्ट इन्डिजको क्रिकेट टिम नेपाल आइपुगेको छ । उकत टोली नेपाली टोलीसँग ५ टी-२० खेलको सिरिज खेल्न आज काठमाण्डु आइपुगेको हो ।

जसअनुसार रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेस्ट इन्डिज ए टोली नेपाल आइपुगेको छ । वेस्ट इन्डिजसँगको ५ वटै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने ५ खेलको सिरिज अन्तर्गत पहिलो खेल अप्रिल २७ शनिबार हुनेछ । अप्रिल २८ मा दोस्रो, मे १ मा तेस्रो, मे २ मा चौंथो र मे ४ मा अन्तिम खेल हुनेछ ।

वेस्ट इन्डिज दुई पटक एकदिवसीय र टी २० विश्वकप विजेता हो । त्यस्तै नेपाल आएका वेस्ट इन्डिज ‘ए’ टोलीमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त खेलाडी छन् । १२ जनाले वेस्ट इन्डिजबाट खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement