वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्न नेपाली टोलीको घोषणा, को-को परे टिममा ?


काठमाण्डु- वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी-२० शृंखला खेल्नका लागि नेपाली टोलीको घोषणा गरिएको छ । बिहीवार नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

घोषित टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा, बिवेक यादब र आकाश चन्द रहेका छन् ।

नेपालविरुद्ध टी-२० शृंखला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली हिजो काठमाण्डु आइपुगेको छ । नेपाल र वेस्ट इन्डिजबिचको पहिलो खेल अप्रिल २७ मा हुनेछ । दोस्रो खेल अप्रिल २८ तारिखमा र तेस्रो खेल मे १ तारिखमा खेलिने छ ।

नेपाल र वेस्ट इन्डिजबिचको चौथो खेल मे २ तारिखमा खेलिने भएको छ । पाँचौँ तथा अन्तिम खेल भने मे ४ तारिखमा खेलिने छ । वेस्ट इन्डिज दुई पटक एकदिवसीय र टी २० विश्वकप विजेता हो । त्यस्तै नेपाल आएका वेस्ट इन्डिज ‘ए’ टोलीमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त खेलाडी छन् । १२ जनाले वेस्ट इन्डिजबाट खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement