वेस्ट इण्डिजलाई ४ विकेटले हराउँदै नेपाल विजयी


काठमाण्डु – टी–२० शृंखलाको पहिलो खेलमा वेस्ट इण्डिजलाई ४ विकेटले हराउँदै नेपाल विजयी भएको छ ।

वेस्ट इण्डिज ‘ए’विरुद्ध नेपालले १९.४ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिज ‘ए’ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रनको योगफल बनाएको थियो ।

वेष्ट इण्डिज ‘ए’का लागि कप्तान रोस्टन चेशले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा ९ चौका र २ छक्का प्रहार गरे । एलिक एथानाजेले २५ बल खेल्दै ४७ रन जोडे । उनले ५ चौका र ३ छक्का हाने ।

केसी कार्टीले ३८ तथा कदीम एलियनले १५ रन बनाए ।

बलिङतर्फ नेपालका अभिनाश बोहोरा, कमलसिंह ऐरी, दीपेन्द्रसिह ऐरी र कप्तान रोहितकुमार पौडेलले १/१ विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement