वेस्ट इन्डिजविरुद्धको चौथो खेल जित्नैपर्ने दबाबमा नेपाल


काठमाण्डु- वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो टी-२० क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भ्रमणकारी टोली वेस्ट इन्डिजले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

पाँच खेलको शृंखलामा तीन खेल भएकोमा दुई खेलमा वेस्ट इन्डिज ‘ए’ ले दुई खेलमा विजयी भएको छ । नेपालले भने एक खेल मात्र जितेको छ । आजको खेल भने नेपाल जित्नै पर्ने दबावमा छ । यदि आजको खेलमा पनि नेपाल पराजित भयो भने उपाधि जित्नबाट बाहिरीने छ । पाँच खेलको शृंखलामा वेस्ट इन्डिज नेपाल भन्दा २-१ ले अगाडि छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement