वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो २१० रनको लक्ष्य


काठमाण्डु- चौथो टी-२० खेलेमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको हो ।

वेष्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्वाधिक रन बनाए । फ्लेचर ८४ रनमा अविजित रहे । जोनसन चाल्र्स ५८, केसी कार्टी ४ र एलिक अथान्ज ५ रन बनाएर आउट भए । फाबिएन एलेन ३३ रनमा अविजित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement