टी–२० शृंखलामा वेस्टइन्डिज ‘ए’ले दियो नेपाललाई १७३ रनको लक्ष्य


काठमाण्डु – टी–२० शृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १७३ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको छ ।

वेस्ट इन्डिज ‘ए’का लागि एलिक एथानाजेले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २९ बल खेल्ने क्रममा १ चौका र ३ छक्का प्रहार गरेका छन् ।

खेलमा रोस्टन चेसले ३३ रन बनाए । उनले २१ बल खेल्ने क्रममा ५ चौका हाने । जोनसन चाल्र्सले २४, म्याथ्यु फर्डले २३, कदीम एलियनले ११ र मार्क दयालले ११ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र सागर ढकालले ३/३ तथा अभिनाश बोहराले १ विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement