वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले पराजित गर्दै नेपालको जीत


काठमाण्डु – टी–२० श्रृंखलाको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले पराजित गर्दै नेपालले जितेको छ ।

टीयू क्रिकेट मैदानमा वेस्टइन्डिज ‘ए’ले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको छ ।

नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय पारी खेले । शेख र शाहले क्रमशः ५१ र ५८ रन बनाए । कुशल मल्लले १८ बलमा ३७ रन बनाउँदै खेलको सुखद अन्त्य गरेका छन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।

वेस्टइन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा १ चौका र ३ छक्का हाने । कप्तान रोस्ट चेसले २३ बलमा ३३ रन बनाए । ओपनर जोनसन चाल्र्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए ।

नेपालका सोमपाल कामी र सागर ढकालले ३/३ विकेट लिएका छन् ।

नेपालको १५ सदस्यीय टोली शनिबार साँझ नै विश्वकपका लागि अमेरिका उड्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement