काठमाण्डु – यू–१९ एसिया कप क्रिकेटमा भारतलाई हराउँदै बंगलादेशको उपाधि जितेको छ ।
भर्खरै सकिएको फाइलन खेलमा बंगलादेशले भारतलाई ५९ रनले हराएको छ ।
बंगलादेशले दिएको १९९ रनको लक्ष्य पछ्याएको भारत ३५ ओभर २ बलमा १३९ रनमा समेटिएको छ । भारतका मोहम्मद अमानले सर्वाधिक २६ रन बनाए, बंगलादेशका अजिजुल हाकिम तमिम र अजिजुल हाकिम तमिमले ३–३ विकेट लिएका छन् ।
पहिला ब्याटिङ गरेको बंगलादेशले ४९ ओभर १ बलमा १९८ रन बनाएको थियो ।
प्रतिक्रिया