प्रथम यू–१६ राष्ट्रिय क्रिकेटमा कोशीको फराकिलो जीत

प्रथम यू–१६ राष्ट्रिय क्रिकेटमा कोशीको फराकिलो जीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – वीरेन्द्रनगरमा जारी टीबी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैठौं दिन गण्डकीले कोशीसामु १७१ रनको फराकिलो हारको सामना गर्नुपरेको छ ।

प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको गण्डकीका बलरहरूले शनिबार कालुंगचोक मैदानमा भएको खेलमा गरेको कमजोरीको सहज फाइदा उठाउँदै कोशीका ब्याटरहरूले २५६ रनको योगफल खडा गरे ।

पूरा ५० ओभर खेलेको कोशीले ९ विकेटको नोक्सानीमा २५७ रनको लक्ष्य खडा गर्दा गण्डकीका बलरहरूले नियन्त्रण गुमाउँदाको परिणामस्वरूप कोशीको स्कोर बोर्डमा ५० अतिरिक्त रन जोडिन पुग्यो ।

टस जितेर पहिला ब्याटिङ थालेको कोशीका लागि सुगम बुढाथोकीले ७५ बल खेल्दै नटआउट सर्वाधिक ६८ रनको योगदान दिँदा अफ्फन ताहिर र रविन मण्डलले समान ३९ रन जोडे भने सकुशल श्रेष्ठले ३० रन बनाए ।

३ दशमलव ६ रनको औसतमा अरुभन्दा किफायती सावित भएका गण्डकीका सुशील भुसालले आफ्नो जिम्माको १० ओभर बलिङ गर्दा ३ मेडन र ४६ डट फाल्दै ३६ रन दिएर ४ विकेट लिए ।

यस्तै रिदम पाण्डे र अनिष राउतले समान २–२ विकेट लिए । ब्याटिङमा ४ चौका र १ छक्कासहित ३९ रन तथा बलिङमा ७ ओभर ४ बल बलिङ गर्दै ४ मेडन ४६ डट खेलेर ५ विकेट लिएका कोशीका रविन मण्डल प्लेयर अफ दि म्याच बने ।

२५७ रनको मध्यम लक्ष्य पाए पनि बलिङमाझै ब्याटिङमा पनि फितलो प्रदर्शन गरेको गण्डकीका लागि विनय कार्कीले १६, भुवन भट्टराईले १४ र सुप्रिम सुनारले नटआउट १२ रनबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् ।

फलस्वरूप जम्मा २२ ओभर ४ बलमा ८५ रन मात्र जोडेर गण्डकी अलआउट हुन पुग्यो । अहिलेसम्म खेलेका ४ मध्ये ३ खेलमा जीतसहित ६ अंक जोडेको कोशी अंकतालिकाको पहिलो नम्बरमा उक्लिएको छ भने सुरुदेखि नै पुछारमा रहेको गण्डकी तेस्रो खेलसम्म अंकविहीन पुछारमै रहेको छ ।