ओमानविरुद्ध नेपाललाई दोस्रो सफलता


काठमाण्डु – आइसिसी वल्र्ड कप लिग–२ ओमानविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ । नेपाली टिमका लागि करण केसीले ६.५ ओभरमा सुफिया मेहमुदलाई ४ रनको स्थितिमा सुसनमार्फत क्याचआउट गराएका हुन्। पहिलो खेलमा शतक बनाएका जतिन्दर सिंहलाई पनि करणले नै आउट गरेका थिए ।

नेपालले अमेरिकालाई पहिलो खेलमा पराजित गरेको थियो भने ओमानसँग दोस्रो खेलमा पाँच विकेटले पराजित भएको थियो । पछिल्लो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

नेपाली टोली

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, शरद भेषवाकर, सुशान भारी र आरिफ शेख ।

प्रतिक्रिया दिनुहोस
Advertisement