टी–२० आई सिरिज : नेपालले यूएईलाई ८ विकेटले हरायो

टी–२० आई सिरिज : नेपालले यूएईलाई ८ विकेटले हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– टी–२० आई सिरिजको दोस्रो खेलमा नेपालले यूएईलाई हराएको छ । मंगलबार साँझ कीर्तिपुरस्थित टियु मैदानमा सकिएको खेलमा नेपालले यूएईलाई ८ विकेटले हराएको हो ।

यो सँगै सिरिज बराबरीमा सकिएको छ । सोमबार यूएईले नेपालाई ६ विकेटले पराजित गरेको थियो।

१२९ रनको लक्ष्य पाएको नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ८४ रन जोड्दै अविजित रहे। भने दीपेन्द्र सिंह ऐरी २३ रनमा अविजित रहँदा कुशल मल्लले १९ रन जोडे।

यूएईका निलान्स केशवानी र मुहम्मद अर्फानले एक–एक विकेट लिए।

त्यसअघि टस हारेर बहिले ब्याटिङ थालेको यूएईले २० ओभरमा ८ विकेट गुमाएर १२८ रन जोड्यो।

अक्षदीप नाथले ५३ , मुहम्मद अर्फानले ३२ तथा अदीव उस्मानीले ३० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका सन्दीप लामिछानेले ३, हेमन्त धामीले २, नन्दन यादव र साहब आलमले एक–एक विकेट लिए ।