आईसीसी विश्वकप क्रिकेटमा यूएईविरुद्ध नेपालको जीत

आईसीसी विश्वकप क्रिकेटमा यूएईविरुद्ध नेपालको जीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार भएको खेलमा यूएईविरुद्ध नेपालले जितेको छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा यूएईलाई नेपालले ६ रनले पराजित गरेको छ ।

नेपालले दिएको २५५ रनको लक्ष्य पछ्याएको यूएईले २४८ रन मात्रै बनायो । वर्षाका कारण खेल अवरुद्ध भएर पुन: सुरु हुँदा डकवर्थ लुइस नियमअनुसार यूएईले ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको थियो । तर ८ विकेट गुमाएको यूएईले २४८ रन मात्रै बनाउन सक्यो ।

अन्तिम ओभरसम्म पुगेको खेलमा नन्दन यादवको बलिङले नेपाललाई जीत हासिल गरायो । अन्तिम ओभरमा १५ रनको आवश्यकता रहेकोमा नन्दनले ७ रन मात्रै खर्चिएर नेपाली टीमलाई जीत दिलाएका छन् ।

यूएईका लागि मुहम्मद सहदादले सर्वाधिक ६५ रन बनाए । खुजैमा तनवीर ४९, आकाशदीप नाथ ३६, हरप्रित सिंह ४१ र अर्यांश शर्माले ३३ रन बनाएका थिए ।

नेपालका लागि सन्दीप लामिछानेले ३, सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिएका छन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले दीपेन्द्रसिंह ऐरीको शतकीय इनिङ खेलेका थिए ।