काठमाण्डु – १ दिवसीय शृंखलाको छैटौँ खेलमा अमेरिकालाई ७ रनको हराउँदै नेपाल ‘ए’ले जितेको छ ।
निर्धारित ५० ओभरको खेलमा नेपालले प्रस्तुत गरेको २६५ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका ४९.१ ओभरमा २५७ रन बनाउँदै अलआउट भएपछि नेपालले जीत निकालेको छ ।
पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २६४ रन बनाएको थियो । नेपालका लागि ब्याटरहरूले मध्यम सुरुवात गरे पनि अन्त्यतिर बलियो स्कोर बनाउन सफल भएका छन् ।
जवाफी लक्ष्य पछ्याएको अमेरिकाका लागि शेहान जयसूर्याले उत्कृष्ट ७१ रनको इनिङ्स खेले पनि टोलीलाई जीतसम्म पुर्याउन सकेनन् । शुभम रञ्जानेले ४७ र शायन जहाङ्गीरले ४१ रनको योगदान दिए ।
ओपनर स्मित पटेल ३३ रनमा रनआउट हुनु अमेरिकाका लागि घातक साबित भएको थियो । तल्लो क्रमका ब्याटरहरू सस्तैमा समेटिएपछि अमेरिका लक्ष्यभन्दा ७ रनले पछि रहन पुग्यो ।
नेपालको जीतमा बलरहरूको प्रदर्शन निर्णायक रहेको थियो । शेर मल्लले ४ विकेट लिँदा बसिर अहमदले किफायती बलिङ गर्दै ८ ओभरमा ४४ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए । कुशल मल्लले पनि किफायती बलिङ गर्दै अमेरिकाको ब्याटिङ लाइनअपलाई दबाबमा राखेका थिए । शहाब आलम र पवन सर्राफले समान १–१ विकेट हात पारेका थिए ।




प्रतिक्रिया