काठमाण्डु– आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।
कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ रोजेका हुन्।
आजको खेलमा नेपालले सन्दीप लामिछाने र सोमपाल कामीलाई बाहिर राखेको छ । हेमन्त धामी र ललित राजवंशी अटाएका छन् ।
नेदरल्यान्ड्समा जारी सिरिजमा नेपाल जितविहिन छ। यसअघिका तीनै खेलमा नेपाल पराजित भएको हो। पहिलो खेलमा नामिबियासँग ८ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले हार ब्यहोरेको थियो।
तेस्रो खेलमा नामिबियासँग जितनजिक पुगेको नेपालले ३ रनले खेल गुमायो।




प्रतिक्रिया