ओमान–ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य

ओमान–ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइसिसी विश्वकप क्रिकेट लिग–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ओमान ए ले पहिलो अभ्यास खेलमा जितको लागि १६१ रनको लक्ष्य दिएको छ ।

ओमान क्रिकेट एकेडेमीतर्फ २ मा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमान ए ले ३९।५ ओभरमा सबै विकेट गुमाउँदै १६० रनको योगफल बनायो ।

ओमान ए का लागि कप्तान हम्माद मिर्जाले सर्वाधिक ५४ रन बनाए । त्यसैगरी जिक्रिया इस्लामले ३५ तथा सन्जु सजीवले ३४ रन बनाए ।

बलिङतर्फ नेपालका नन्दन यादवले ३ विकेट लिए भने करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए ।

त्यसैगरी गुल्शन झा, ललित राजवंशी र शाहब आलमले समान १–१ विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।