डिसिएका थप दुई खेलाडी राष्ट्रिय क्रिकेट टिममा


काठमाडौं– धनगढी क्रिकेट एकेडेमीले थप २ जना खेलाडी राष्ट्रिय क्रिकेट टिमलाई दिन सफल भएको छ ।

यहि सप्टेम्बर १२ देखि भारतको लखनउमा हुन गईरहेको भारत, अफ्गानिस्तान र नेपालबिचको यु १९ त्रिकोणात्मक खेलका लागि भारतले दिएको निमन्त्रणामा नेपालको टोली भारत प्रस्थान गर्न लागेको हो।

जसमा धनगढी क्रिकेट एकेडेमीका विपिन रावल र लोकेश बमले आफ्नो ठाउँ बनाउन सफल भएका छन्। दुवै यस एकेडेमीका नियमित प्रशिक्षणरत खेलाडी हुन्।

२०६९ सालमा स्थापित धनगढी क्रिकेट एकेडेमीमा हाल लग्भग १०० जना खेलाडी नियमित प्रशिक्षणमा रहेका छन्।

क्रिकेट प्रशिक्षणका साथै यस् एकेडेमीले विभिन्न प्रतियोगिताहरुमा सहभागगिता जनाउने, खेलाडीहरुलाई नेपाल, भारत तथा श्रीलंकाका विभिन्न स्थानमा लगि त्याहाका विभिन्न क्लवहरुसंग खेलहरु खेलाउने र विभिन्न क्रिकेट प्रतियोगिताहरुको आयोजना समेत गर्दै आइरहेको छ।
जसमध्ये धनगढी प्रिमियर लिग भाग १ र भाग २ दशकै ठूलाे र प्रतिष्ठित क्रिकेट प्रतियोगता हुन्।

धनगढी क्रिकेट एकेडेमी निरन्तर क्रिकेट खेलाडी उत्पादनमा सफल भइरहेको छ। यसअघि यस एकेडेमीका रोशन अधिकारी, सुवोध ऐर र नारायण जोशी जस्ता खेलाडीहरु नेपालको यु १६ टिमबाट अन्तराष्ट्रिय प्रतियोगिता खेलीसकेका छन्, भने विपिन रावल र लोकेश बम पहिलो पटक यु १९ अन्तराष्ट्रिय प्रतियोगिताका लागि स्थान बनाउन सफल भएका छन्।

धनगढीलाई क्रिकेटको सहरको रुपमा चिनाउन सफल धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले नेपाली टिमलाई खेलकालागि शुभकामना व्यक्त गर्दै यस एकेडेमीका खेलाडी द्वय विपिन रावल र लोकेश बमलाई राम्रो प्रदर्शनको लागि शुभकामना व्यक्त गरे।

अझै पनि उमेर समूहदेखि लिएर सिनियर नेपाली क्रिकेट टिममा स्थान बनाउनका लागि यहाका खेलाडीहरुलाई हर तवरले सक्षम बनाउन आफुले हर सम्भव प्रयास गर्ने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement