नेपाली क्रिकेटर रोहितले तोडे सचिन तेन्दुलकरको रेकर्ड


काठमाडौं–नेपाली क्रिकेटर रोहितकुमार पौडेलले विश्व इतिहास रचेका छन्। १६ वर्ष १४६ दिनका पौडेल सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्वकै पहिलो खेलाडी बन्न सफल बनेका हुन्।

आईसीसीले मान्यता दिएको एक दिवसीय क्रिकेट प्रतियोगितामा शनिबार यूएईविरुद्ध अर्धशतक पूरा गर्दै उनले यसअघि पाकिस्तानका साइद अफ्रिदीको नाममा रहेको सबैभन्दा कम उमेरमा प्रहार गरेको अर्धशतकको रेकर्ड ब्रेक गरेका हुन् ।

अफ्रिदीले सन १९९६ मा श्रीलंकाविरुद्ध अर्धशतक बनाएका थिए। त्यतिबेला अफ्रिदी १६ बर्ष २१७ दिनका थिए ।

रोहितकुमारले बनाएको ५८ बलमा ५५ रन पनि कीर्तिमानी सावित भएको छ । यससँगै १६ वर्ष १४६ दिनका रोहित अन्तरराष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक बनाउने युवा पुरुष खेलाडी बनेका हुन् । यसअघि भारतीय खेलाडी सचिन तेन्दुलकरको नाममा यो रेकर्ड रहेको थियो।

उनले १६ वर्ष २१३ दिनको उमेरमा पाकिस्तानविरुद्धको टेस्ट क्रिकेटमा ५९ रन बनाएका थिए ।

१९.३ ओभरमा युएईलाई अल आउट गर्दै नेपालले १४५ रनले यूएईलाई पराजित गर्दै जित हासिल गरेको हो। सोमपाल कामीले ५ र सन्दीप लामिछानेले ४ विकेट लिएपछि युएईलाई नेपालले ९७ रनमै अल आउट गरेको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement