ओमानविरुद्ध नेपालको उत्कृष्ट बलिङ, पायो छैटौँ सफलता


काठमाण्डु – नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोटमा बलिङतर्फ ओमानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ । १ सय १८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले ९ ओभरमा ६ विकेट गुमाउँदै ३५ रन बनाएको छ । हाल ओमानका आमिर कलिम र नासिम खुसी क्रिजमा छन् ।

ओमानका ओपनर कश्याप प्रजापति शून्यमा आउट हुँदा जितेन्दर सिंहले ९ रन जोडेर पेभेलियन फर्किए । त्यस्तै, खवर अली ७ रनमा, अयान खानलाई ३ रनमा, कप्तान जिसान मक्सुद २ रनमा र सोय खान १ रनमैआउट भए ।

नेपालका लागि तीव्र गतिका बलर कमलसिंह ऐरी, कप्तान सन्दीप लामिछाने, जितेन्द्र मुखिया, अविनाश बोहरा र दिपेन्द्र सिंह ऐरीले समान एकएक विकेट लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement